Rule 8A
मुनाफा नलिने गरी विद्यालय सञ्चालन गर्ने सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ३ को उपदफा (७घ) बमोजिम मुनाफा नलिने गरी सार्वजनिक शैक्षिक गुठी अर्न्तगत विद्यालय सञ्चालन गर्न निवेदन दिने तथा त्यस्तो विद्यालयको अनुमति, स्वीकृति र कक्षा थप सम्बन्धी कार्यविधि नियम ३, ५,७ र १३ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (१) बमोजिम विद्यालय सञ्चालन गर्न पूरा गर्नु पर्ने पूर्वाधार अनुसूची–११ख. मा उल्लेख भए बमोजिम हुनेछ ।